के तपाइँको डिसहोममा समस्या देखियो ?अब एसएमएसबाट गर्नुस समाधान
काठमाण्डौं । मंसिर–१६, डिजिटल प्रविधिबाट गुणस्तरिय सेवा प्रदान गर्दै आएको डिस होमले ग्राहकहरुका लागी फेरि अर्को नयाँ सुविधा थपेको छ । डिस होममा कुनै पनि समस्या देखिएमा त्यसको समाधान एउटा एसएमएसबाट नै गर्न सकिने व्यवस्था गरिएको हो ।
डिस होममा कुनै पनि समस्या देखा परेमा एउटा साधारण एसएमएसबाट सजिलैसँग समस्या समाधान गर्न सकिन्छ । यसका लागी सबैभन्दा पहिले आफ्नो मोबाइलको मेसेज बक्समा जाने । मेसेज बक्समा गएपछि हेल्प टाइप गर्ने र उक्त मेसेजलाई ३२५०० मा पठाउने ।
ग्राहकहरुबाट हेल्पको मेसेज आउनासाथ डिस होमका ग्राहक सेवा प्रतिनिधिहरुले उक्त ग्राहकलाई सम्पर्क गर्ने छन् र समस्या बुझि समाधान गरिदिनेछन् ।
डिसहोमले ग्राहकहरुलाई विभिन्न अफर तथा अनेक सेवा मार्फत भरपुर मनोरञ्जन र सुविधा उपलब्ध गराइरहेको छ । भर्खरै मात्र केहि नयाँ टेलिचलचित्रहरु समेत प्रशारणमा ल्याएको डिस होमले यसबाट पनि ग्राहकहरुमा भरपुर मनोरञ्जन हुने आशा राखेको छ ।
साथै आफ्नै च्यानलहरु मार्फत विभिन्न कार्यक्रमहरु प्रशारण गर्ने, देशविदेशमा भएका अधिकांश खेलहरुको प्रत्यक्ष प्रशारण तथा अप्रत्यक्ष अपडेट गराउने, कार्टुन मार्फत साना बालबालिकाहरुलाई मनोरञ्जन गराउने, वृद्धवृद्धाहरुलाई लोकदोहोरी तथा भजनद्धारा सन्तुष्ट गराउने कार्य गरिरहेको छ ।
पछिल्लो समय भर्खर हलमा लागेका नयाँ तथा चर्चित चलचित्रहरु समेत सस्तो मुल्यमा परिवारै घरमा बसिबसि हेर्न पाउने सुविधाले डिस होमप्रतिको ग्राहकहरुको मोह अझ बढेको देखिएको छ ।