केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौँ । मंसिर–१७,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रषन्न हनेछ । कलकारखाना र व्यापारव्यवसायमा फाइदा हुनेछ । सहयोगीहरुको साथ मिल्नेछ । मनमा हर्ष र उमङ्ग बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाग्रीहरु हराउने सम्भावना छ, सतर्क रहनुहोला । बोलीका कारणले विवाद उत्पन्न हुन सक्छ, बोलिवचनमा ध्यान दिनुहोला । छुटेका साथी वा आफन्तहरुसँगको भेटले मन हर्षमय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विपरीत लिङ्गीप्रति आकर्षण बढ्नेछ । रमाइलो दृष्यको अवलोकन गर्ने अवसर मिल्नेछ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफन्तहरुबाट सहयोग पाइने छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्न पाउने अवसर छ । नयाँ कामको थालनी गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । महिलाहरुको साथले काम सफल हुनेछ । साथीहरुको सहयोग पाइनेछ । काम सहजै सम्पन्न गर्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक धनको खर्च हुनेछ । पारिवारिक समस्याले काममा केहि बाधा हुन सक्छ । घरव्यवहारमा केहि झमेला देखिनेछ । समय केहि प्रतिकुल रहेपनि साँझसम्ममा समस्याहरु सुल्झँदै जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शिर्जनात्मक कामले प्रतिष्ठा दिलाउनेछ । आत्मविश्वास बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको काम पुरा हुनेछ । रमाइलो यात्रा हुनेछ । केहि मेहनेत तथा संघर्ष गर्नुपर्ने देखिन्छ । प्रेममा केहि असमझदारी देखिन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । शिक्षा क्षत्रेमा प्रगति हुनेछ । नयाँ ठाउँको अवलोकन गर्न पाउने अवसर छ । आम्दानिमा वृद्धि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेम सम्बन्धले विवाहको रुप लिन सक्छ । मित्रहरुले वचन नगर्दा समस्यामा पर्न सकिनेछ । मेहनेतले काममा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मानप्रतिष्ठामा वृद्धि हुनेछ । अवसरहरु प्रसस्त प्राप्त हुनेछ । खर्चमा वृद्धि हुने योग छ । धार्मिक यात्राको अवसर मिल्ला । परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा शान्ति छाउनेछ । राजनीतिक यात्रामा सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा प्रगति देखिएको छ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

प्रकाशित : 3 December, 2018

प्रतिक्रिया दिनुहोस्