केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एकको मृत्यु

सहयात्रा टिभी

फ्रान्स । मंसिर–१७, फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले एएफपीलाई बताए ।

विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् ।

प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम रहेको थियो ।

यसैबीच, सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेको र सयौँको सङ्ख्यामा नागरिक पक्राउ परेपछि समस्या समाधानका लागि राष्ट्रपति इमानुयल म्याक्रोँ सरकारी अधिकारीसँग आपतकालीन बैठकमा सहभागी भए ।

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भै आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएका छन् । ‘मलाई हिंसा कदापि मान्य हुने छैन’, अर्जेन्टिनाबाट स्वदेश फर्किनु पहिले आर्क डु ट्रिउम्फमा बताए ।

उनले भने, ‘कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न सक्दैन ।’एएफपी

प्रकाशित : 3 December, 2018

प्रतिक्रिया दिनुहोस्