केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि सुरु

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१७, राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा च्याम्पियनसिप शुरु हुनेभएको हो ।

प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिए ।

एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी दिए । करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । रासस

प्रकाशित : 3 December, 2018

प्रतिक्रिया दिनुहोस्