मिसेस युनिभर्स–२०१८ मा मनीषाले नेपालको प्रतिनिधित्व गर्दै
काठमाण्डौं । मंसिर–१७, फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस युनिभर्स–२०१८’मा मनीषा डंगोलले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
‘मिसेस नेपाल युनिभर्स–२०१८’की विजेता मनिषा सुन्दरी प्रतियोगिता र फेसनको माध्यमबाट महिला तथा बालबालिकाको क्षेत्रमा क्रान्ति गर्न चाहन्छिन् । फेसन तथा इभेन्ट व्यवस्थापनमा सक्रिय मनीषाले लन्डन फेसन हाउस नामक बुटिकमार्फत नेपाली डिजाइनको विश्वव्यापीकरण गरिरहेकी छन्।
दुई सन्तानकी आमा मनीषाले मिस्टर नेपाल यूके तथा मिसेस एन्ड मास्टर नेपाल यूके प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेकी छन्। ‘मेरो अनुभव र मेहनतले नेपाल चिनाउन मिसेस युनिभर्समा विशेष पहल गर्छु’, उनले भनिन्, ‘नेपाली संस्कृति, कलाका साथमा नेपालको पर्यटन प्रवद्र्धनमा पनि मेरो विशेष पहल हुनेछ।’
डिसेम्बर मध्यमा हुने मिसेस युनिभर्स प्रतियोगितामा विश्वका ९० देशका विवाहित महिलाले प्रतिस्पर्धा गर्दै छन्।