केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदर धपाउने उपायको खोजिमा बसेको बैठकमा बाँदर पनि सहभागी

सहयात्रा टिभी

दिक्तेल । मंसिर–१७, खोटाङको दिक्तेल बजारमा बाँदर कसरी धपाउने भन्ने बारेमा बसेको बैठकमा बाँदर नै उपस्थित भएको देखिएको छ । बाँदरले खेतबारीमा लगाएको अन्नबाली सखाप बनाई घरघरमै आएर उठिबास लगाउन थापेपछि गाउँलेहरु बाँदर नियन्त्रणको उपायका लागी बैठक बसेका थिए । बैठकमा समेत गाउँलेहरु बाँदरबाट बच्न सकेनन्, बाँदर बैठकमा नै मानिसहरुको पछाडि आएर बसेको हो ।

बाँदरले अनेक तरिकाबाट दुख र सास्ति दिन थालेपछि विभिन्न ठाउँहरुमा बाँदरबाट बच्न अनेक उपायहरु अपनाइन थालेको छ ।

भीमेश्वर नगरपालिकाले बाँदर स्थानान्तरणका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरभित्र बढ्दै गएका बाँदरलाई ‘मंकी क्याचर’ मार्फत राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न उक्त रकम छुट्ट्याएको हो ।

त्यस्तै बाँदरले अचाक्ली दुस्ख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको हो ।
कालिञ्चोक गाउँपालिकामा बाँदरबाट खेती जोगाउन गोठाला व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष विनकुमार थामीले गाउँलेले गर्दै आएको तरिकाअनुसार बाँदर धपाउन हेरालुका लागि बजेट विनियोजन गर्ने बताए ।

बाँदरबाट अत्याधिक दुख पाएपछि गाउँलेहरुले अनेक उपायहरु अपनाइरहेका छन् । केहि उपायबाट बाँदरलाई केहि हदसम्म नियन्त्रण समेत गर्न सकिएको बताइएको छ ।

प्रकाशित : 3 December, 2018

प्रतिक्रिया दिनुहोस्