केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुरुषहरुद्धारा सामुहिक बलात्कार गरिएको कुकुरको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१७, भारतमा चार जना पुरुषले एक कुकुरमाथि सामुहिक बलात्कार गरेका छन् । करेज नाम दिईएको कुकुरलाई लागुपदार्थ सेवन गरेका युवाहरुले बलात्कार गरेका हुन् । बलात्कार गरिएको करेजको उपचारका क्रममा मृत्यु भएको हो ।

पशु अधिकारसम्बन्धि काम गर्ने संस्था एनिमल्स म्याटर टु मीका अनुसार कुकुरको अत्यधिक रक्तश्राव र आन्तरिक चोट बढि भएकोले उपचारको क्रममा बुधबार मृत्यु भएको हो । कुकुरको यौनाङ नै काटिएको अवस्थामा उद्धार गरि उपचारका लागि अस्पताल पु¥याईएको थियो ।

कुकुरको अगाडिको खुट्टा र मुख बाँँधेर बलात्कार गरिएको थियो । बलात्कार भईरहँदा कुकुर अध्याधिक कराएपछि एक अटो रिक्सा चालकले सुनेर खोज्दै जाँदा कुकुरलाई बलात्कार गरिरहेको अवस्थामा भेटेका थिए । रिक्सा चालकलाई देखेपछि बलात्कारीहरु भागेको भारतिय मिडियाहरुमा उल्लेख गरिएको छ ।

कुकुरको बलात्कार गर्ने अमानविय चार पुरुषहरुको खोजी कार्य भइरहेको भारतिय मिडियाहरुले जनाएका छन् ।

प्रकाशित : 3 December, 2018

प्रतिक्रिया दिनुहोस्