=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


मोटरसाइकल र जिप ठोक्किंदा एकजनाको मृत्यु

सहयात्रा टिभी

पर्सा । मंसिर–१८, वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नं को म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । जिप चालक फरार छन् । उनको खोजी भइरहेको छ । रासस

प्रकाशित : 4 December, 2018

प्रतिक्रिया दिनुहोस्