केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आँटले काम लिन सकिनेछ। खानपानमा सजग रहनुहोला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आफन्तको सहमति नजुट्नाले लक्ष्यमा बाधा पर्नेछ। साइनो गाँस्नेहरुबाट धोका हुन सक्छ । शिक्षा क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । शिर्जनात्मक काममा मन जानेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विगतका कमजोरी बाहिर आउनाले मतभेद बढ्नुका साथै केही समस्यामा परिने सम्भावना छ। वैदेशिक क्षेत्रबाट आम्दानि हुने योग छ । लामो यात्राको अवसर जुट्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। जिम्मेवारी बढ्नेछ । चिताएको काम पुरा हुनेछ । लामो समयपछि मन मिल्ने साथीभाईसँग भेट हुनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। नयाँ साथी बनाउन सकिने योग छ । अध्ययनमा खास्सै समय दिन नसकिएला । कठोर परिश्रमका बाबजुत लक्ष्यमा पुग्न सकिनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिने समय छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला।अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। नियमित काममा बाधा पुग्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ।

प्रकाशित : 5 December, 2018

प्रतिक्रिया दिनुहोस्