केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
काममा बाधा देखिन सक्छ । खर्च बढ्नेछ भने आर्थिक समस्या उत्पन्न हन सक्छ । स्वास्थ्यमा केहि समस्या देखिने हुँदा खानपान र चिसोमा ध्यान दिनुहोला । अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हात पर्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन मिल्ने साथीसँग भेट हुनेछ । प्रेम सम्बन्ध कसिलो बन्दै जानेछ । व्यापारका माध्यमबाट यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक आवश्यकता पुरा गर्न सकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा फाइदा हुने योग छ । आम्दानिमा वृदि हुने हुँदा भौतिक साधनको आवश्यकता पुरा हुनेछ । मित्रता र प्रेमको गाँठो कसिलो बन्नेछ । रमाइलो यात्राको अवसर प्राप्त होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तहरुबाट साथ नपाइनाले दुख लाग्न सक्छ । आफ्नाहरुले नै ईष्या गर्नेछन् । स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । अध्ययनमा खास्सै समय दिन सकिने छैन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्यमा पुग्न केहि बाधाहरु देखिनेछन् । स्वास्थ्यमा समस्या देखिनाले अध्ययनमा समेत बाधा पुग्नेछ । पुराना साथीभाईसँग भेट हुनाले मन प्रफुल्ल हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुखदुखमा साथ दिनेहरु प्रसस्थ भेटिने छन् । अनावश्यक खर्चमा वृद्धि हुन सक्छ । अरुका लागी समय व्यतित गर्नु पर्दा आफ्नो काम समयमा पुरा नहुन सक्छ । नयाँ साथी बनाउने योग छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय केहि प्रतिकुल रहन सक्छ । लाभ नहुने कामको जिम्मेवारी बढ्न सक्छ । वैदेसिक क्षेत्रबाट भने आम्दानि हुने देखिन्छ । सन्तानको प्रगति सुन्न पाइने छ । परिवारलाई सयम दिन सकिनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
समय अनुकुल रहनेछ । विशिष्ठ व्यक्तिसँग भेट हुनुको साथै नयाँ कामको अवसर प्राप्त हुनेछ । अध्ययन क्षेत्रबाट राम्रो नतिजा हात लाग्न सक्छ । दाजुभाईबाट साथ र सहयोग पाइनाले सोचेको काम पुरा हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक खर्चमा वृद्धि हुनेछ । कामको माध्यमबाट लामो यात्रा गर्नु पर्ने हुन सक्छ । सामान हराउने वा चोरी हुन सक्छ, सतर्क रहनु होला । शुभचिन्तकहरुबाट सहयोग पाइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानिमा वृद्धि हुनेछ । सुखदुखमा साथ दिनेहरु प्रशस्त भेट हुनेछन् । समय अनुकुल रहनेछ । चिताएको काम बन्नेछ । प्रिय व्यक्तिसँगको भेटले मन प्रफुल्ल रहनेछ । परिवारबाट साथ पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
परिस्थिति अनुकुल बन्दै जानेछ । मेहनेत गर्नाले सोचेको काम बन्नेछ । मिष्ठान्न भोजनको योग छ । नयाँ कामको जिम्मेवारी वहन गर्नु पर्ने हुन सक्छ । धार्मिक यात्राको अवसर प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। काममा बाधा थप्नेहरु प्रशस्त हुनेछन्, सचेत रहनुहोला ।

प्रकाशित : 6 December, 2018

प्रतिक्रिया दिनुहोस्