केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किन मन पराउँछन महिलाले दाह्री भएको पुरुष

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२०, प्राय अधिकांश महिलाहरु दाह्री भएको पुरुषलाई मन पराउने गर्छन् । यस कुरालाई ‘जर्नल अफ ईभ्यालुशनरी बायोलोजी’को अध्धययनले पनि प्रमाणीत गरेको छ ।

जर्नल अफ ईभ्यालुशनरी बायोलोजीले गरेको अध्ययनमा महिला र दाह्री भएका र नभएका पुरुषहरु सहभागी गराई अध्ययन गरिएको थियो । यस अध्ययनका समयमा ८ हजार ५ सय महिला सहभागी थिए भने दाह्री काटेको ५ दिन, १० दिन र हप्ता दिनका पुरुषहरुलाई सहभागी गराइएको थियो ।

त्यस अध्ययनको समयमा ती तिन प्रकारका पुरुषहरुलाई उपस्थित महिलाहरुलाइ मतदान गर्न लगाइयो । सो समयमा सबैभन्दा बढी दाह्री भएका पुरुषलाई मत प्राप्त भएको थियो ।

धेरै महिलाले १० दिनको समयमा आएको दाह्रीलाई मन पराएका थिए । अध्ययनका अनुसार पुरुषले पनि आफूलाई राम्रो देखाउन र पुरुषोत्व देखाउन दाह्री पाल्ने र मिलाउने गर्छन् । पुरुषको उमेर अनुसार दाह्रीले महिलालाई आकर्षित गरेको हुन्छ । त्यसैगरि दाह्री भएको पुरुषहरु हेर्दा गम्भिर र इमान्दार किसिमको देखिने हुँदा पनि महिलाहरुले दाह्रीवाला पुरुष मन पराउने गरेको बताइन्छ ।

प्रकाशित : 6 December, 2018

प्रतिक्रिया दिनुहोस्