केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२१,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दाम्पत्य जीवनमा असमझदारी देखिन सक्छ । स्वास्थ्यमा समस्या देखिनुको साथै आर्थिक समस्या समेत झेल्नु पर्ने अवस्था आउन सक्छ । विवादास्पद झमेलामा फस्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ। प्रेमको गाँठो कसिने सम्भावना छ। पुराना साथीहरुसँग भेट हुनेछ । अध्ययनमा समय दिन नसकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आतिथ्यपूर्ण सम्मान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेमको गाँठो समेत कसिने सम्भावना छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। शुभचिन्तकहरू टाढा हुनाले पनि दुख पाइनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
विगतका कमजोरी बाहिर आउनाले मतभेद बढ्नुका साथै केही समस्यामा परिने सम्भावना छ। फजुल खर्च बढ्नुका साथै अर्थ अभावले पनि सताउनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्थितिमा सुधार आउनेछ। विशेष उपहारका साथै धनलाभ हुने सम्भावना छ। विभिन्न कामका अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ। टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फजुल खर्च एवं ऋणभार बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रशस्त आम्दानी भए पनि समयमा ध्यान नदिनाले लाभांश बाहिरिन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेत गर्दा चिताएको काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याए पनि साँझसम्म स्थितिमा सुधार आउनेछ ।

प्रकाशित : 7 December, 2018

प्रतिक्रिया दिनुहोस्