गायक मीका सिंह यौन शोषणको आरोपमा पक्राउ
सहयात्रा टिभी
एजेन्सी । मंसिर–२१, भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ ।
ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मीकालाई बुधबार राती तीन बजे दुबई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित किशोरीले मीकामाथि अश्लील तस्वीर पठाएको आरोप लगाएकी छन् ।
सांगीतिक कार्यक्रमका लागि मीका दुबई गएका थिए । दुबई प्रहरीले मीकालाई हिरासतमा लिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मीकाका साथीहरु उनलाई रिहा गर्न प्रयासमा रहेको बताइएको छ ।