बाजि जित्न चार वर्षसम्म नकाटेको नङ १२ सेमी लामो
एजेन्सी । मंसिर–२१, रुसमा एकजना युवतीले बाजि जित्नका लागी चार वर्षसम्म हातका नङ नकाटि राखेर नयाँ रेकर्ड कायम गरेकी छन् । एलिना नाम गरेकी युवतीले चार वर्षसम्म नकाटेको औँलाका नङहरु १२ सेमी लामो रहेको बताइएको छ ।
एलिनाले आफ्ना साथीहरुसँग बाजी राखेकी थिइन् । तैले नङ पाल्न सक्दिनस् भनेर साथीले भनेपछि उनले नङ पाल्न सुरु गरिन् । जसका कारण उनले ४ वर्षसम्म नङ पालिरहिन ।
४ वर्षसम्म नङ नकाट्दा नङको लम्बाई १२ सेन्टिमिटर पुगेको थियो । आफ्ना नङलाई बच्चाजस्तै माया गर्ने उनी बताउँछिन् ।
तर अरु मानिसलाई भने आफ्ना नङ देख्दा अचम्म लाग्ने गरेको अनुभव उनको छ । सेन्ट पिटर्सबर्गमा बस्ने एलिना आफूलाई दैनिक जीवनमा काममा नङका कारण कुनै अप्ठेरो नभएको बताउँछिन् ।
सबैभन्दा लामो नङ भएको मानिसका रुपमा अहिले उनको नाम राष्ट्रिय कीर्तिमानमा दर्ज भएको छ ।उनले त्यसको प्रमाणपत्र पनि पाइसकेकी छन् ।