छोराबाट बुबा र ठूलोबुबाको हत्या, आमा गम्भिर घाइते

सहयात्रा टिभी

धनगढी । मंसिर–२१, कैलालीको लम्कीमा एक युवकले आफ्नै बुबा र ठूलोबुबाको हत्या गरेका छन् भने आमा कुटाइबाट गम्भिर घाइते भएकी छन् । शुक्रबार बिहान लम्कीचुहा नगरपालिका, ४ बलियाका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठूलो बुवा पल्टु थारुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

छोरा जहरीलालाको कुटाइबाट टाउको र बाँया कानमा चोट लागेकी आमा दीलबहादुरी देवी चौधरीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।जहरीलाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनको मानसिक सन्तुलन ठीक नरहेको गाउँलेहरुले जानकारी दिएका छन् । घटना भएको कोठामा मदिरा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 7 December, 2018

प्रतिक्रिया दिनुहोस्