केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। काममा केहि बाधा देखिए पनि मेहनेतले सफलता प्राप्त गर्न सकिनेछ । स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ । प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ। काममा बाधा देखिन सक्छ । शभचिन्तकहरुको साथ पाइनाले मन केहि हर्षमय नै रहनेछ । अध्ययनमा समय दिन नसकिएला । परिवारको साथ पाइन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति अनुकुल बन्दै जानेछ । वादविवादको झमेलामा पर्न सकिएला, सतर्क रहनुहोला । परिवारलाई समय दिन सकिएला । परिवारको साथमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरीमा सुधार हुनेछ। सोचेका कामहरु पुरा हुनछन् । परिवारको आवश्यता पुरा गर्न सकिएला । खर्चमा वृद्धि हुनेछ । साथीभाईसँगको रमाइलो भेटघाटले दिन हर्षमय बन्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
जिद्धि गर्ने बानिले समस्या निम्त्यान सक्छ । कुनै पनि कुराको निर्णय गर्दा सोचेर मात्र गर्नुहोला । वादविवादमा फस्न सकिनेछ, सतर्क रहनुहोला । घुमघाममा समय व्यतित गर्न सकिनेछ भने मिष्ठान्न भोजनको योग रहेको छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारमा असमझदारी बढ्नाले मन खिन्न हुन सक्छ । परिस्थिति केहि प्रतिकुल रहेपनि साँझसम्ममा सुधार हुँदै जाने देखिएको छ । अध्ययनमा मन नजाला । शिर्जनात्मक काममा संलग्न भइनेछ । मित्रताको सम्बन्ध कसिलो बन्दै जानेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्रोत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। नयाँ साथी बनाउन सकिनेछ । मिष्ठान्न भोजनको योग छ । सामाजिक काममा समय दिन सकिनेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानिमा वृद्धि हुनुको साथै विना बाधा काम सम्पन्न गर्न सकिनेछ । भौतिक साधनहरु जुटाउन सकिने हुँदा काममा सहजता उत्पन्न हुनेछ । अरुको काममा समय व्यतित गर्नुपर्ला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजनको योग छ । साइनो गाँस्न आउनेहरुसँग सतर्क रहनुहोला । अध्ययनमा राम्रो नतिजा हात लाग्न सक्छ । प्रेमी प्रेमीकाको सहयोग पाइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मेहनेतको फल अरुलाई सुम्पनु पर्ने अवस्था आउन सक्छ । जिम्मेवारी बढ्नेछ । व्यवसायबाट राम्रो आम्दानि हुनेछ । सन्तानको प्रगतिमा खुसी हुन पाइएला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवसायबाट मनग्य आम्दानि हुने योग छ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । बुढाबुढि व्यक्तिहरुलाई सहयोग गर्न पाइने अवसर प्राप्त होला । शिर्जनात्मक काममा मन जानेछ । प्रतिष्ठित व्यक्तिहरुसँग भेटघाट हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनेतले लक्ष्यमा पुग्न सकिनेछ । सोचेको काम सजिलै बन्नेछ भने सुखदुखमा साथ दिनेहरु पनि प्रशस्त फेला पर्ने छन् । परिवारबाट पनि साथ र सहयोग पाइनेछ । प्रेम र मित्रताको गाँठो कसिलो बन्दै जानेछ ।

प्रकाशित : 8 December, 2018

प्रतिक्रिया दिनुहोस्