ला लिगा : बार्सिलोनाको जितमा मेसीको दुई गोल

एजेन्सी । मंसिर–२३, स्पानिस ला लिगामा बार्सिलोनाले स्पानयोललाई ४-० ले पराजित गरेको छ । कप्तान लियोनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानयोललाई पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
बार्सिलोनाका लागि ओसमान डेम्बेले र लुइस सुआरेजले पनि एक एक गोल गरे। जितपछि १५ खेलबाट ३१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ।
शनिबारै भएको खेलपछि एट्लेटिको मड्रिड र सेभियाले बार्सिलोना समान २८ अंङ्क जोडेको थियो। तर बार्सिलोनाले स्पानयोलविरुद्ध सहज जित हात पार्दै ३ अंकको अग्रता बनाएको हो।