सात वर्षका बालकले दुई अर्ब ४७ करोड कमाउँछन

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२३, रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गरेर प्रशस्त कमाइ गर्छन् । रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन डलर (दुई अर्ब ४७ करोड रुपैयाँ) भएको छ ।

आफ्नो युट्युब च्यानलमार्फत रेयान आफ्ना दर्शकलाई खेलौनाको दुनियाँमा लैजान्छन् ।फोर्ब्स म्यागजिनले उनलाई सन् २०१७ मा संसारको सबैभन्दा धेरै पारिश्रमिक पाउने सेलिब्रिटीको सूचीमा राखेको थियो ।

रेयानको एउटा भिडियो ८० करोड बढीले हेरेका छन् । सन् २०१५ को मार्चदेखि सुरु भएको युट्युब च्यानलले सन् २०१६ को जनवरी मै १० लाखबढी सब्सक्राइबर्स पायो । अहिले रेयानको च्यानलमा एक करोड बढी सब्सक्राइबर्स छन् ।

प्रकाशित : 9 December, 2018

प्रतिक्रिया दिनुहोस्