चितवनमा अज्ञात समुहद्धारा विद्यालय तोडफोड

कालिका । मंसिर–२३, शनिबार राति चितवनमा अज्ञात समुहद्धारा विद्यालय तोडफोड गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ८ मा अवस्थित श्री माध्यामिक विद्यालय गौरीगञ्जमा अज्ञात व्यक्तिहरुले विद्यालयको कम्प्युटर ल्याव , विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरेको हो ।
तोडफोडबाट करीब ७५ लाख बराबर को क्षति भएको बताइएको छ ।