केपी ओली प्रचण्ड माधव नेपाल एमाले


“मिस वर्ल्ड” को उपाधी मेक्सिकोलाई टप १२ बाट श्रृङखला बाहिरिईन्

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२३, चिनको सान्या सिटी एरेनामा सम्पन्‍न मिस वर्ल्ड प्रतियोगीतामा २०१८ को मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डीले जित्न सफल भएकी छन् । २६ बर्षिया भेनेसा मेक्सिकोको लागि मिस वर्ल्डको ताज जित्ने पहिलो शुन्दरी हुन् ।

भेनेसालाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी चिल्लरले ताज पहिर्‍याइदिइन् ।

यसै वर्ष मिस मेक्सिकोको ताज पहिरेकी भेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको हो ।भेनेसाको अंग्रेजी तथा स्पेनीस दुवै भाषामा राम्रो दख्खल रहेको छ । भेनेसा बालिकाहरुको लागि पुनर्वास गराउने एक संस्थामा आबद्ध छिन् साथै उनी नेनेमी नामक एक स्कूलमा पनि काम गर्छिन् जुन स्कूलमा आदिवासी इलाकाका बालबालीकाहरुलाई फरक फरक भाषा तथा संस्कृतिको शिक्षा दिइन्छ ।

नेपालकी श्रङ्खला भने “मिस वर्ल्ड” को टप १२ मा नै सिमित भएकी छन् । टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजीत भएकी हुन्। तर श्रृङखलाको उपस्थितीले नेपालको नाम भने चम्काएको छ ।

उनले मल्टिमिडिया अवार्ड र व्युटी विथ प्रपोज गरी २ अवार्ड जित्न सफल भईन् भने टप १२ मा पर्ने पहिलो नेपाली सुन्दरी पनि भईन् । उता भारतले भने यस पटक टप १२ मा पनि आफनो स्थान बनाउँन सकेन ।

प्रकाशित : 9 December, 2018

प्रतिक्रिया दिनुहोस्