केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याउ खेतिबाट मासिक डेढ लाख आम्दानी गर्ने विजय भन्छन् – कृषि पेसा नै मेरो अन्तिम पेसा हो

सहयात्रा टिभी

विराटनगर । मंसिर–२३, मोङको सुन्दरहरैँचा नगरपालिकाका विजय सापकोटा हाल च्याउ खेतीबाट मासिक करिब डेढ लाख आम्दानी गरिरहेका छन् । करिब २० लाखको लगानिबाट सुरुवात गरेको एम.बि.सी पोडक्सन नामक च्याउ खेतीबाट सापकोटाले मासिक रुपमा डेढ लाख भन्दा बढिको आम्दानी गरिरहेका हुन् ।

उनले केवल आफुले मात्र आम्दानी नगरेर हाल प्रत्यक्ष रुपमा १० जना कामदारलाई रोजगारि समेत दिइरहेका छन् । १२ कठ्ठा जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका उनी वार्षिक पाँच करोड भन्दा माथिको आर्थिक कारोबार हुने गरि काम गरिरहेको बताउँछन् ।

दृढ आत्मविश्वास र मेहनतका कारण भर्खरै उनले नगरस्तरिय ‘उत्कृष्ठ युवा उद्यमी पुरस्कार २०७४’ जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेका छन् । निकै मेहनेत र दुखका बाबजुत आफु यँहासम्म आइपुग्न सफल भएको सापकोटा बताउँछन् । धेरै पहिले देखि नै यस क्षेत्रमा अवसर खोजी गर्दै आएका विजय कृषि पेसा नै आफ्नो अन्तिम पेसा हो भन्न रुचाउँछन् ।

गरिबिले जेलेर १२ कक्षासम्म मात्र अध्ययन गर्न पाएका विजयले १७ वर्षको कलिलो उमेर देखिनै कृषि पेसालाई विभिन्न माध्यमबाट अंगाल्दै आएका थिए । उनले च्याउमा भने २०७० सालमा पहिलो पटक १०० पोका च्याउबाट काम सुरु गरे पनि त्यस समय अनेक समस्याका कारण उनी सफल हुन सकेनन् । उनले २०७३ सालमा पनि साथीसँग मिलेर नौ लाख ऋण लिइ च्याउ र च्याउको बिउ उत्पादन प्रविधि तथा व्यवसायिकरणको सुरुवात गरेका थिए । प्राविधिक त्रुटि र अपरिपक्वताका कारण उनका प्रयासहरु एक पछि अर्को असफल बन्दै जाँदा समेत हार नमानि यहि पेसामा लाग्ने दृढताका साथ लागी परिरेहका विजय आज आफुलाई सफल बन्दै गएको महशुस गर्छन् ।

 

कृषि पेसा त्यसमा पनि च्याउलाई प्राथमिकता दिएर उनी गाउँदेखि काठमाण्डौं शहरमा समेत धेरै भौतारिएको र धेरै प्रयासहरुको असफलतालाई सामना गरेको उनी स्मरण गर्छन् । सहयात्राटिभीसँग कुरा गर्दै विजयले भने, ‘ धेरै पटकको प्रयास असफल भए पनि त्यसबाट कुनै न कुनै नयाँ कुरा सिक्ने मौका पाइनैरहेँ र दृढता र आत्मविश्वास भने कहिल्यै गुमाइन । यहि क्षेत्रमा केहि गर्छु भन्ने मेरो अपरिवर्तनशिल अठोट नै आज म यहाँसम्म आइपुग्नुको कारण हो । ’

उनी भन्छन्, सुरुवातका ती दिनहरुमा हामीले काम थालिरहँदा उच्च प्राविधिक दक्षता हासिल गर्न तिमीहरु सक्दैनौं , सानै छौ भन्ने विपरीतार्थ जिकिर र ठोकुवा गर्ने कृषि प्राविधिक अधिकृतहरुको चुनौतीलाई धावा बोलेरै बिना स्रोतसाधन गरेको अनेकौं खोज अनुसन्धानको प्रयासबाट प्राप्त गरेको तत्कालीन उच्च प्राबिधिक दक्षताले हर्ष र गरिमा संगै धेरै ठूलो आर्थिक क्षति सहित मिश्रित परिणाम भोग्नु परेको थियो ।

सफलताका सिडिहरु उक्लने क्रममा फेरि नयाँ योजना मुताविक च्याउको बिउ परिक्षण बायोलोजी ल्याव बनाइ नया अनुसन्धान र बिकासमा लगानी गर्न विभिन्न ब्यक्ति र बैंकसंग सहकार्य अघि बढिरहेको उनले जानकारी दिएका छन् ।

उनी कृषि पेसाका लागी राज्य तर्फबाट भएको प्रयासलाई सकारात्मक रुपमा स्वीकार गर्दै भन्छन्, ‘सरकारले कृषि औधोगिकरण सार्थक बनाउन पुजि, प्रविधि, सीप लगायतका क्षेत्रमा सहयोगका निम्ति विभिन्न कृषि निति तथा कार्यक्रम ल्याएर युवाहरुलाइ कृषिमा लाग्ने थप प्रेरणा पैदा गरिरहेका कारण नेपालमा कृषि क्रान्तिको सुरुवात भने भएकै हो भन्ने ठानेको छु । तथापि राजनैतिक बेथिति र भ्रष्टाचारको कारण केही अवरोध भने अझै बाकी रहेका छन । यसैक्रममा चुनौतीका माझबाट नयाँ आयाम र अवसर खोजी गर्दै गइरहेको छु ।’

देशमा आर्थिक उपार्जनको बाटो नदेखेर खाडि मुलुक तर्फ लम्किरहेको युवा वर्गमा उनको मेहनत र कडा मेहनत पछिको यो क्रमश सफलता देशमै अनेकौं अवसर छन् भन्ने उदाहरण हुन पुगेको छ ।

प्रकाशित : 9 December, 2018

प्रतिक्रिया दिनुहोस्