केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रमाइलो टिभीमा प्रशारण भइरहेका नयाँ नयाँ टेलिचलचित्रहरु, कतै हेर्न छुटाउनु भयो कि!!

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२३, डिशहोमको रमाइलो टिभीमा नयाँ नयाँ धारावाहिक टेलिचलचित्रहरु धमाधम प्रशारण भइरहेका छन् । डिश मिडिया नेटवर्क लिमिटेडले संचालन गरेको रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले नयाँ नयाँ टेलिफिल्महरु प्रशारण गरिरहेको हो ।

रमाइलो टिभीमा “दृष्टी”, “अपराध”, “एकादेशको चुरीफूरी”, “ग्रहफल”, “लुछाचुँडी” लगायतका टेलिश्रृंखलाहरु प्रशारण भइरहेका छन् ।

आइतबार देखि शुक्रबारसम्म हरेक बिहान ८ देखि ९ बजेसम्म ग्रहफल नामक कार्यक्रम प्रशारण हुने गर्छ । त्यसैगरि हरेक शनिबार राती ८ बजे लुछाचुँडी प्रशारण हुने गर्छ । नेपाली समाजमा महिलाले भोग्ने सुख दुःखका कथाहरु समेटिएको टेलिचलचित्र दृष्टि हरेक शुक्रबार राति ८ बजे प्रशारण हुने गर्छ ।

सामाजिक परिवेश समेटिएका सन्देश मुलकका साथै हाँस्यव्यङ्ग्य मार्फत मनोरञ्जन पु¥याउने उद्देश्यले डिस होमले यस्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

डिश मिडियाले हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफ्ने उत्कृष्ट च्यानलहरुको माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।डिश मिडियाद्धारा रमाइलो टिभीका साथै नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ ।समय समयमा विभिन्न अफरहरु प्रदान गर्ने, विभिन्न सेवा सुविधा प्रदान गर्नुको साथै कसरी हुन्छ ग्राहकहरुलाई सहज वातावरणमार्फत मनोरञ्जन प्रदान गर्ने कार्यमा डिश मिडिया दत्तचित्त भएर लागेकै कारण आज डिस होमको लोकप्रियता देशभर मौलाइरहेको छ ।

प्रकाशित : 9 December, 2018

प्रतिक्रिया दिनुहोस्