केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मिहिनेतले उपलब्धि दिलाउनेछ। फाइदा उठाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ। नयाँ कामको थालनि हुनेछ । जिम्मेवारी बढ्नेछ । प्रिय व्यक्तिको साथ पाइनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
विवादास्पद काममा जुट्नुपर्दा मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। प्रियजनसँगको मतभेदले रमाइलो परिस्थितिलाई खलबल्याउन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनेछ। समय लागे पनि मनग्गे फाइदा उठाउन सकिनेछ। जुझारू क्रियाकलापले धेरैलाई क्रियाशील बनाउन सकिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्थितिमा सुधार आउनेछ भने पहिलेदेखि रोकिएको काम पनि बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।खानपानको अनिमियतताले स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा पनि समय दिन नसकिएला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा मन जानेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला। नयाँ साथी बनाउने अवसर प्राप्त होला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
स्थिति अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। तत्कालै फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू पनि टाढा हुनेछन्। सहयोगीहरू फेला पर्नेछन्। पारिवारिक असमझदारीले मनमा खिन्नता उत्पन्न हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। अध्ययनको क्षेत्रमा उत्साहजनक नतिजा हात लाग्नेछ ।

प्रकाशित : 10 December, 2018

प्रतिक्रिया दिनुहोस्