जमीनभन्दा ३ हजार फिटमुनि छ एक अनौठो बस्ति

एजेन्सी । मंसिर–२४, अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकैको हवासू क्यानोनस्थित सुपाई नामको एक भुमिगत बस्ति रहेको छ । गाउँ जमिनभन्दा ३ हजार फिट तल रहेको उक्तगाउँ हेर्नका लागि वर्षमा ५५ लाख मानिस एरिजोना आउँदछन् ।हवासू क्यानोन नजिकै एउटा गहिरो खाडी छ । सोही खाडीमा उक्त गाउँ अवस्थित रहेको छ ।
सो गाउँको कूल जनसंख्या २ सय ८ जना रहेको छ । सो गाउँमा रेड इण्डियन जातिका मानिसहरु बस्दछन् ।
यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलग्गिएको छ । त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ । पैदल जानु वा खच्चडमा चढेर जानु दुईमात्र विकल्प छन् गाउँमा छिर्नका लागि ।
त्यो गाउँमा अहिलेसम्म चिठीपत्र तथा मालवासमानको ढुवानी र आदानप्रदान खच्चडमा राखेर हुने गरेको छ ।