सुँगुरको मुटु मान्छेको शरीरमा हालेर प्रत्यारोपण गर्ने तयारी

एजेन्सी । मंसिर–२४, एक जर्मन सर्जनले सुँगुरको दिललाई लंगुरमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । योसँगै सुँगुरको दिललाई मानिसको शरीरमा हालेर प्रत्यारोपण गर्ने तयारी भईरहेको छ ।
जर्मन सर्जन ब्रूनो राइषार्टले लंगूरको शरीरमा सुगुँरको दिललाई सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् । मानिसको शरीरमा सुँगुरको दिल फिट हुने सम्बन्धमा जर्मन चिकित्सक राइषार्टले यसरी आफ्नो धारणा राख्छन् ।
‘हामी सुँगुरको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका थियौँ । हामीले यो प्रत्यारोपण कार्य रोज्नुको पछि पहिलो त यहाँ सुँगुर मार्नको लागि यहाँको समाजले सजिलै स्वीकर गर्छ । त्यसैले हामीले सबैभन्दा पहिले सुँगुरको दिलमाथि अध्ययन गर्यौं ।
त्यस्तै, एउटा सुँगुर हरेक ४ महिनामा बच्चा पैदा गर्नको लागि सक्षम हुन्छ । यति मात्रै होईन बच्चा जन्माएको ६ महिनामा नै अर्को प्रजननको लागि सुँगुर सक्षम रहन्छ । त्यसैले पनि हामीले सुँगुरलाई नै अध्ययनको विषय मानेका हौं । अर्को कारण भनेको सुँगुरको दिल मान्छेको दिलसँग मिल्दो जुल्दो पनि हुन्छ ।
सुँगुरको दिललाई मानिसको दिलमा सार्नको लागि पहिले त्यो दिलदाताको अंगलाई मानिसको अंगको आकारमा ढाल्नु पर्छ । सुँगुरको दिलमा अनुवांशिक रुपबाट भिन्नता ल्याउनु आवश्यक पर्दछ । यसरी प्रत्यारोपण सफल भएको खण्डमा हामीलाई अंगदाताको अभाव रहने छैन । यसको लागि अझै केही सफलता त आवश्यक नै छ । किनकी हामी अहिलेसम्म त बाँदर माथि मात्रै अंग प्रत्यारोपण गर्न सफल भएका छौं । यस्तो प्रयोगको लागि हामीलाई धेरै पैसा चाहिन्छ ।’एजेन्सीको सहयोग