केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ठ व्यक्तिसँग भेट हुनेछ । परिश्रमअनुसार राम्रो फल पाइनेछ । सोचेको काम पुरा हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । अध्ययनमा खास्सै समय दिन नसकिएला । साथीभाईहरुसँग भेट हुनाले दिन रमाइलो नै हुने देखिन्छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बों)
स्वास्थ्य कमजोर रहने हुँदा सोचेको काम पुरा गर्न कठिन हुने देखिन्छ । कडा मेहनेतले लक्ष्यमा पुग्न भने सहयोग गर्नेछ । शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
प्रेम सम्बन्धमा देखिएको असमझदारी सुल्झनेछ । स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । परिवारबाट साथ र सहयोग मिल्नेछ । अध्ययनको क्षेत्रबाट सन्तोषजनक नजिता हात पार्न सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रमाइलो यात्राका विच महत्वपूर्ण भेटघाट हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ । शिर्जनात्मक क्षेत्रबाट प्रतिष्ठा प्राप्त गर्न सकिएला । कला प्रदर्शन गरेर अरुको मन जित्न सक्ने मौका छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यापार व्यवसायमा फाइदा हुनुको साथै जिम्मेवारी बढ्नेछ । प्रतिस्पर्धीहरुद्धारा पछि पर्न सकिनेछ । गोप्य कुराहरु गोप्य नै राख्नुहोला । वादविवादको झमेलामा पर्न सकिनेछ, वोलिवचनमा ध्यान दिनुहोला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यवसायिक काममा मेहनेतले गतिलो उपलब्धि हात पार्न सकिनेछ । सोचेको काम कडा मेहनेतले पुरा गर्न सकिनेछ । अध्ययनमा समय दिन नसकिएला । सन्तानबाट सन्तुष्ट हुन पाइनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । काममा बाधा देखिएपनि मेहनेतले काम पुरा हुनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । शुभचिन्तकहरु टाढिनाले मनमा खिन्नता उत्पन्न हुन सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बलजफ्तिले काम बिग्रन सक्छ, सतर्क रहनुहोला । विना कारण आफन्तबाट टाढा हुनु पर्ने अवस्था आउन सक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । धर्मकर्ममा मन जानेछ भने अध्ययनमा समय दिन नसकिएला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
नयाँ कामको थालनि गर्न सकिनेछ । जिम्मेवारी बढ्नुको साथै नयाँ साथी बनाउन सकिने अवसर छ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ । स्वास्थ्यको ख्याल राख्नुहोला । सामाजिक काममा सरिक हुन पाइएला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामुदायीक हित हुने काममा समय व्यतित हुनेछ । मेहनेतले प्रतिष्ठित व्यक्तिलाई समेत पछि पार्न सकिनेछ । निर्णय लिँदा राम्रो सँग सोचविचार पु¥याएर लिनुहोला । यात्रा गर्दा सामानको ख्याल गर्नुहोला । चोटपटक लाग्नसक्ने सम्भावना छ, सतर्क रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आफन्तहरुबाट टाढिनु पर्ने अवस्था आउनेछ । मेहनेतले नाम र दाम कमाउन सकिनेछ । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष छाउनेछ । काममा केहि बाधा भएपनि मेहनेतले समस्या समाधान गर्न सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चमा अनावश्यक वृद्धि हुनेछ । काम रोकिए पनि दोहो¥याएर गर्नाले फाइदा हुने देखिन्छ । अध्ययनमा मन जानेछ । घुमघाम तथा भेटघाटको अवसर प्राप्त हुनेछ । शिर्जनशिल कामबाट प्रतिष्ठामा वृद्धि हुनेछ ।

प्रकाशित : 11 December, 2018

प्रतिक्रिया दिनुहोस्