त्यस्तो कानुन, दुई सयको दही चोरीमा ७० हजारको डीएनए परीक्षण गरियो

एजेन्सी । मंसिर–२५, ताइवानमा दही चोरलाई पक्रिनका लागि डिएनए परिक्षण गरिएको खबर सार्वजनिक भएको छ । ताइवान न्यूजका अनुसार ताइपेइस्थित चाइनिज कल्चरल युनिभर्सिटीमा अध्ययनरत एक चिकित्साशास्त्रकी छात्राले आफ्नो छात्रावासको कोठामा रहेको फ्रिजबाट दहीको एउटा बोतल चोरी भएको उजुरी गरेकी थिइन् ।
कलेजबाट कोठामा फर्किएर फ्रिजभित्र हेर्दा दहीको बोतल नदेखेपछि उनले सँगै बस्ने अरु ५ जना साथीहरुलाई त्यस बारेमा सोधिन् । तर सबैजनाले उक्त दही आफूले फ्रिजबाट निकालेको कुरा स्वीकारेनन, तर जब उनले फोहोर फाल्ने भाँडोमा उक्त दहीको खाली बोतल फेला पारिन् तब उनको रिसको पारो तात्यो । अनि उनले पुलिसमा उजुरी गरिन् ।
त्यसपछि प्रहरीले उनको कोठाको फोहोर फाल्ने भाँडोमा रहेको उक्त दहीको बोतल बरामद गर्यो । अनि उक्त बोतलमा रहेका फिंगरप्रिन्ट लिएर त्यसको जाँच गर्ने प्रयास गर्यो । तर त्यसबाट पनि प्रतिफल नमिलेपछि पुलिसले डिएनए परीक्षण गर्ने निधो गर्यो । ती छात्रासँगै बस्ने पाँच जनाको डीएनए परीक्षण गरियो । अन्ततः दही चोरेर खाने मान्छेको रहेछ भन्ने पत्ता लाग्यो ।
यो सबै प्रक्रियामा पुलिसले झण्डै १८ हजार ताइपेइ डलर खर्च गरेको छ । जुन नेपाली रुपैयाँमा झण्डै सत्तरी हजार हो । जबकि दहीको मूल्यचाहिँ जम्मा ५९ ताइपेइ डलर पर्छ । जसको मूल्य झण्डै दुई सय रुपैयाँ पर्दछ ।