बलिउड गायिका नेहा कक्कर र हिमांश कोहलीको ब्रेकअप

एजेन्सी । मंसिर–२५, बलिउडकी चर्चित गायिका नेहा कक्कर र उनका प्रेमी अभिनेता हिमाशं कोहलीविचको प्रेम सम्बन्ध समाप्त भएको खबर सार्वजनिक भएको छ ।
नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए । तर यि दुईबीचको सम्बन्ध अगाडि बढ्न सकेन ।
नेहा र हिमांशले इन्स्टाग्राममा एकअर्कालाई अनफलोसमेत गरिदिएका छन् । गायिका नेहा कक्करले उनको इन्स्टा अकाउन्टमा हिमांश कोहलीका साथमा भएका तस्बिर र भिडियोहरु डिलिट गरिदिएकी छिन् । तर हिमांशले भने नेहा र उनको परिवारका तस्बिर उनको अकाउन्टबाट हटाएका छैनन् ।