केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२६,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रम गरेअनुसार मिठो फल पाइनेछ । मेहनेतले काममा सफलता मिल्नेछ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । नया साथी बनाउने अवसर प्राप्त होला । स्वास्थ्यमा ख्याल गर्नुहोला ।प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ । दिन हर्षमय रहनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा केहि बाधा देखिए पनि सहयोगीहरुद्धारा सहयोग पाइनेछ । मित्रता तथा प्रेमको सम्बन्ध मजबुत बन्दै जानेछ । परिवारको साथ र सहयोगले सोचेको काम पुरा होला । आम्दानिमा वृद्धि हुनुको साथै नया कामको थालनि गुर्नपर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुको लागी आफ्नो महत्वपूर्ण समय खर्च गर्नुपर्ला । अध्ययनमा समय दिन नसके पनि शिर्जनात्मक कामबाट आफुलाई समुदायमा परिचित गराउन सकिनेछ । प्रिय व्यक्तिसाग भेट हुनेछ भने प्रेम सम्बन्धमा भएको असमझदारी सुल्झाउन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्चमा केहि वृद्धि हुन सक्छ । साथीहरुसगको रमाइलो भेटका कारण दिन मनोरञ्जनात्मक हुनेछ । अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । प्रेमी र प्रेमीकाबाट उपहार पाउन सकिनेछ । नया सम्बन्ध गासिने सम्भावना छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च लागे पनि व्यापार व्यवसायका माध्यमबाट यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आम्दानिमा वृद्धि हुनेछ भने परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । मेहनेतले लक्ष्यमा पुग्न सकिनेछ । नया साथी बनाउन सकिनेछ । प्रेमसम्बन्धमा देखिएको फाटोमा सुधार हुनेछ भने कसैको प्रेम सम्बन्ध विवाहमा परिवर्तन हुने सम्भावना प्रवल छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
हिम्मतले काम पुरा हुनेछ । स्वास्थ्य कमजोर रहनेछ भने साथीभाई र परिवारबाट भरपुर प्रेमको महशुस गर्न पाइनेछ । मन परेको मान्छेसग नजिक हुन सकिनेछ । आट गरेर प्रेम प्रस्ताव राख्न सके सफल हुने सम्भावना छ । मिष्ठान्न भोजनको योग छ । रमाइलो यात्राका विच नया साथी बन्नेछन् ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
काम रोकिएपनि व्यापार तथा जागिरबाट फाइदा नै हुनेछ । प्रेमिप्रेमीकाबाट सहयोग पाइनेछ । प्रिय व्यक्तिसगको भेटले मन हर्षमय हुनेछ । दाजुभाई तथा साथीसगको सम्बन्ध मजबुत हुनेछ । महिला सहकर्मीबाट सहयोग पाइनेछ । वादविवादमा फस्न सकिएला, वोलिवचनमा ध्यान दिनुहोला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साझेदारीमा गरिएको काममा केहि असमझदारी उत्पन्न हुन सक्छ । महत्वपूर्ण कुराहरु गोप्य नै राख्नुहोला । निर्णय गर्दा निकै सोचविचार पुर्‍याउनु पर्ने हुन्छ । धैर्य गर्न सकेमा अकास्मात हुने हानिलाई रोक्न मद्यत मिल्नेछ । परिवारबाट पुण रुपमा साथ पाइनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने कामको थालनि हुनेछ । धार्मिक यात्राको अवसर प्राप्त होला । परिवारलाई समय दिन सकिनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । सन्तानको प्रगतिको खवर सुन्न पाइएला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुने हुदा मनमा खिन्नता उत्पन्न हुन सक्छ । अध्ययनमा राम्रो नतिजा हात लाग्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
परिस्थिति अनुकुल हुनुको साथै साचेको काम पुरा हुनेछ । रमाइलो यात्राको विचमा नया साथीहरु सगको भेटले मनमा उमङग छाउनेछ । दाजुभाईबाट पुणरुपमा साथ पाइनेछ । प्रतिस्पर्धिहरुलाई उछिनेर अघि बढ्न सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा बाधा देखिन सक्छ । कडा मेहनेतले मात्र सोचेको काम पुरा हुनेछ । खर्चमा वृद्धि हुनाले आर्थिक समस्या उत्पन्न हुनेछ तर समस्या बताउनाले साथीभाईबाट साथ र सहयोग भने पाइनेछ । प्रेमीप्रेमीका सगको भेट अविस्मरणीय बन्न पुग्ला । विवाह लगायतका रमाइला उत्सवहरुमा समावेश हुने अवसर प्राप्त हुनेछ ।

प्रकाशित : 12 December, 2018

प्रतिक्रिया दिनुहोस्