केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह पञ्चमी महोत्सवका लागी जनकपुरधाम आइपुगे योगी आदित्यनाथ

सहयात्रा टिभी

जनकपुरधाम । मंसिर–२६, विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् ।निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए ।

जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिएका हुन् ।

विवाह पञ्चमी सकेर योगी अपराह्न ४ बजे जनकपुरबाट स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित : 12 December, 2018

प्रतिक्रिया दिनुहोस्