राष्ट्रपतिले म ज्युँदै छु भन्नु परेपछि
एजेन्सी । मंसिर–२६, नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफू ज्यूँदै रहेको प्रष्टीकरण दिनु परेको छ । पोल्याण्डस्थित नाइजेरियन समुदायले सोधेको एउटा अनौठो प्रश्नको उत्तरले उनले आफू ज्यूँदै रहेको सनाखत गर्नु परेको हो ।
जलवायु सम्मेलनमा भाग लिन पोल्याण्ड गएका राष्ट्रपतिलाई आफ्ना नागरिकसँग भएको भेटघाटको कार्यक्रममा तपाईं साच्चिकै राष्ट्रपति बुहारी हो कि राष्ट्रपति बुहारीको क्लोन हो ? भनेर सोधिएको थियो ।
आफू वास्तविक राष्ट्रपति नभै क्लोन भएको भन्ने खालको अफवाहको उनले खण्डन गरे । उनले एउटा ट्वीटसमेत गर्दै लेखेका छन्, ‘पोल्याण्डमा नाइजेरियन समुदायसँगको बैठकका क्रममा एउटा प्रश्न मलाई सोधियो कि म क्लोन हुँ कि साच्ची मान्छे । अज्ञानता भरिएको अफवाह आश्चर्यजनक छैन । किनकि गत वर्ष जब म स्वास्थ्यका कारणले विदामा थिएँ तब मानिसहरुले मेरो मृत्यु भएको ठाने ।’
बुहारीले भने, ‘म असली मान्छे हुँ, तपाइँलाई विश्वास दिलाउन चाहन्छु । मैले छिटै आफ्नो ७६ औँ जन्मदिन मनाउँदैछु र झनै मजबुत बन्नेछु ।एजेन्सीको सहयोग