केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै चलचित्र ‘सय कडा १०’

सहयात्रा टिभी

पोखरा । मंसिर–२६, समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ ।

आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिए। “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत देखाउन खोजेका छौँ,” उनले भने ।

चलचित्रको कथा लेखन गरेकी रञ्जु प्रधानले नेपाली युवामा विदेश जाने र त्यहीँ हराउने प्रवृति बढिरहेको बताउँदै भ्रष्टाचार नहुने हो भने युवा पलायन रोकिने बताइन ।

शिक्षा नैतिकता र स्वच्छ चरित्र निर्माण गर्ने खालको हुनुपर्ने बताउँदै उनले समाजका यिनै बेथिति र यसले पारेको नकारात्मक असर चलचित्रमा देखाइने बताइन । लगभग रु एक करोड ६० लाखको लागतमा तयार हुने अनुमान गरिएको चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भ्रष्टाचार समाज एवं राष्ट्र विकासको बाधक भएको बताउने सामाजिक अभियन्ता मञ्जु क्षेत्रीले चलचित्रले सामाजिक सचेतनामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन । रासस

प्रकाशित : 12 December, 2018

प्रतिक्रिया दिनुहोस्