केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी


काठमाण्डौं । मंसिर–२७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
फजुल खर्चमा वृद्धि होला । अनावश्यक चिन्ताले सताउन सक्छ । काममा केहि बाधा देखिए पनि हिम्मत गर्नाले साचेको काम पुरा हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ । नयाँ साथी बनाउने अवसर मिल्ला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामुहिक हितको काममा संलग्न हुने अवसर मिल्नेछ । आम्दानिमा वृद्धि हुनुको साथै खर्चमा  वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । धार्मिक क्रियाकलापमा मन जानेछ । प्रिय व्यक्तिसँग भेट हुने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका आफन्त तथा मित्रसँग भेट हुनाले मनको हर्ष बढ्नेछ । प्रेम प्रस्ताव आउन सक्ने सम्भावना छ भने आफुले प्रेम प्रस्ताव राख्न सके सकारात्मक नतिजा हात लाग्न सक्छ । अध्ययनमा खास्सै मन नजाला । सोचेको काम पुरा हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नियमित काममा बाधा देखिन सक्छ । परिबन्धले केहि समस्या निम्त्याए पनि हिम्मतले समस्या समाधान गर्न सकिनेछ । वैदेशिक यात्राको लागी राम्रो साहित रहेको छ भने व्यापारिक कार्यबाट यात्रा गर्ने अवसर समेत प्राप्त हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ साथीहरु भेटिन सक्छन् । प्रेम सम्बन्ध कसिलो बन्दै जानेछ । परिवारबाट साथ र सहयोग पाइनेछ । दाजुभाईको सहयोगबाट सोचेको काम सजिलै पुरा गर्न सकिनेछ । शिर्जनात्मक कामबाट परिचित हुने मौका मिल्नेछ । प्रतिष्ठामा वृद्धि हुने योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो_

काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। व्यावसायिक काममा भने मिहिनेतले उपलब्धि दिलाउनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
मेहनेतद्धारा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । समस्याहरुलाई बुद्धिको प्रयोग गरि सजिलै समाधान गर्न सकिनेछ । टाढाको यात्राका विचमा नयाँ साथीहरुसँगको सम्बन्धले दिन शुभ र मनोरञ्जनात्मक हुनेछ । व्यक्तित्वबाट धेरैलाई प्रभावित पार्न सकिनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्यमा समस्या देखिन सक्छ, खानापानमा र चिसोमा ध्यान दिनुहोला । यात्रा गर्दा सतर्क रहनुहोला, चोटपटक लाग्न सक्ने सम्भावना छ । प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्ने सम्भावना छ । अध्ययनमा खास्सै समय दिन नसकिएला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरुको फाइदाको कामको लागी उपयोगी भइएला । सामाजिक काममा बढि समय बित्ने देखिन्छ । धर्मकर्ममा मन जानेछ । अध्ययनमा समय दिन नसकेपनि नतिजा भने सन्तोकजनक नै देखिएको छ । मिष्ठान्न भोजनको योग छ । सन्तानबाट खुसीको खबर सुन्न पाइएला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ । बोलिको माध्यमबाट धेरैलाई प्रभावित पार्न सकिएला । मनले चाहेका मानिसहरुसगँ नजिक हुन सकिनेछ । प्रेम प्रस्ताव आउने सम्भावना धेरै छ । महिला मित्रहरुबाट साथ र सहयोग पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति अनुकुल रहनेछ । प्रतिष्ठित कामले समाजमा परिचित गराउनेछ । दाम, नाम र इनाम कमाउन सकिनुका साथै खर्चमा समेत केहि वृद्धि होला । परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । मित्रता र प्रेमको सम्बन्ध प्रगाढ बन्दै जानेछ । दाजुभाईको सम्बन्धमा भने केहि असमझदारी उत्पन्न हुन सक्छ, वोलिवचनमा ध्यान दिनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आफन्तबाट टाढिनु पर्दा मनमा केहि खिन्नता बोध भएपनि सोचेको काम बन्नाले शान्ति मिल्नेछ । घनिष्ट मित्रसँग केहि मनमुटाव हुन सक्ने सम्भावना भएपनि प्रेम सम्बन्धमा देखिएको फाटो भने कम हुँदै जानेछ । धार्मिक यात्राको अवसर प्राप्त होला ।

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्