केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सात वर्षीया छोरीद्धारा बाबुविरुद्ध उजुरी, शौचालय नबनाएको गुनासो

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२७, भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन्। हनिफा जारा नाम गरेकी बालिकाले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन्।

हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन्।बीबीसी तमिलकी कृतिका कण्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन्।

हनिफाका अनुसार उनी नर्सरी कक्षामा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन्।उनले भनिन्, ‘बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो।’ शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताइन्।

प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन्।पत्रमा उनले लेखेकी छन्, ‘नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु।’

‘मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनुभएको छ। यो एक किसिमको धोका हो। त्यसैले उहाँलाई पक्राउ गरियोस्।’

हनिफाका बुवा एहसानुल्लाहले घरमा शौचालय बनाउन थालिसके पनि रकम अभावमा त्यो पूरा हुन नसकेको बीबीसी तमिललाई बताए।उनी अहिले बेरोजगार छन्। उनले भने, ‘मैले हनिफासँग थप समय मागेँ तर मैले वाचा पूरा गर्न नसकेकोले उनले मसँग बोल्नै छाडिन्।’बीबीसीको सहयोग

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्