फोटो खिच्नका लागी पुरै गाउँले नांगिए, कारण यस्तो थियो

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२७, फोटो खिच्नका लागी मानिसहरु कपडा परिवर्तन गर्ने, राम्रो लगाउने र राम्रो बनिने चलन नै छ । तर सुन्दा पनि अनौठो लाग्न सक्छ कि कतै फोटो खिच्नकै निम्ति पुरै गाउँका मानिसहरु कपडा खोलेर नांगो बनेका छन् ।

बेलायतको लण्डन नजिकैको आइवेड नामक गाउँका मानिसहरु फोटो खिच्नका लागी लगाएको कपडा खोलेर तयार भएका हुन् । उक्त गाउँका मानिसहरु आफ्ना लागि वा चर्चित बन्नका लागि भने यस्तो गरेका होइनन् ।

पेशाले ब्युटिसियन रहेकी लारा चिजम्यानले गाउँमा उक्त न्यूड फोटोशूटको लागि अग्रसरता लिएकी थिइन् । गरीब बालबालिकाको लागि सञ्चालित अभियानका क्रममा उनले आफ्नो सोसल साइट मार्फत न्यूड फोटोशूटको आयोजना गर्न लागेको कुरा उल्लेख गरेकी थिइन् । जब उनले सोसल मिडियामा यस्तो खुलासा गरिन् तब नांगिएर फोटो खिचाउन गाउँलेहरु तछाडमछाड गरे । अन्ततः २४ जनाको निर्वस्त्र फोटो खिचियो ।

निकै चिसोका बाबजुत पनि मानिसहरुले जिउ नांगो पारेर तस्वीर खिचाउन तयार भएका थिए ।गाउँलेका निर्वस्त्र फोटोहरुलाई एउटा क्यालेन्डरमा प्रयोग गरिनेछ । ती क्यालेन्डरहरु छपाई गरी बिक्रि गरेर प्राप्त रकमलाई बालबालिकाको क्षेत्रमा खर्च गर्ने उनको भनाई छ ।

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्