केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिबाह बन्धनमा बाधिए हाँस्य कलाकार कपिल शर्मा

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२७, चर्चित हाँस्य कलाकार कपिल शर्मा बिबाह बन्धनमा बाधिएका छन् ।उनले आफ्नो लामो समयदेखिको प्रेम सम्बन्धलाई मूर्त रुप दिँदै गिन्नी चतरथसँग बुधबार लगन गाठो कसेका हुन् ।कपिलले बुधबार जालन्धरमा हिन्दू परम्परा अनुसार चतरथसँग विवाह गरे । आज पुनः उनीहरुको सिख परम्पराअनुसार विवाह हुनेछ ।

आफ्ना समर्थक र शुभचिन्तकका सजिलोका लागि उनले आफ्नो वैवाहिक समारोहको सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ समेत गरेका थिए ।

उनको विवाहमा नेताहरुदेखि बलिउड कलाकारसम्मलाई निमन्त्रणा दिइएको छ । कपिलले आफ्नो विवाहको रिसेप्शन डिसेम्बर २४ मा आयोजना गरेका छन् ।

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्