केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिस होमको अर्को सुविधा, घरमै बसि बसि मेसेजबाट गर्नुस रिचार्ज

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२७, डिजिटल प्रविधिमार्फत आफ्ना ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले ग्राहकहरुका निम्ति अर्को नयाँ सुविधा प्रदान गरेको छ । डिस होमका ग्राहकहरुले अब घरमै बसि बसि सजिलैसँग मेसेजबाट रिचार्ज गर्न सक्ने भएका हुन् ।

बजारबाट डिस होमको रिचार्ज खरिद गरि साधारण एसएमएस गरेर डिस होमको रिचार्ज गर्न सकिने व्यवस्था डिस होमले मिलाएको छ । ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरि उक्त सेवा प्रदान गरेको डिस होम परिवारले जनाएको छ ।

डिस होमको रिचार्ज कार्डमा कालो मसिले पिन नं. ढाकेको हुन्छ । उक्त कालो मसि स्क््रयाच गरेपछि पिन नं. प्राप्त हुन्छ । रिचार्ज गर्नको लागी आफ्नो डिस होम कस्टम आइडिको पनि आवश्यकता पर्छ । रिचार्ज गर्दा सबैभन्दा पहिले आफ्नो मोबाइलको मेसेज बक्समा जाने, त्यहाँ मेसेज टाइप गर्ने ठाउँमा आर सि एच(RCH) डिस होमको कस्टमर आइडि (customerID) र पिन नं. क्रमश टाइप गर्ने र त्यसलाई ३२५८० मा पठाउने । त्यति गरिसकेपछि रिचार्ज सफल भएको मेसेज आउने छ ।

डिस होमले ग्राहकहरुले घरबाटै मेसेज गरेर आफ्नो डिस होमको व्यालेन्स जाँच गर्न सक्ने सुविधाको पनि व्यवस्था गरेको छ । यसका लागी ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गइ BAL कस्टमर आइडि टाइप गरेर ३२५०० मा पठाउनु पर्ने हुन्छ । त्यसबाट आफ्नो डिस होममा भएको व्यालेन्स र लाइन काटिने सम्बन्धमा जानकारी प्राप्त हुन्छ ।

विभिन्न सेवासुविधासहित समय समयमा नयाँ नयाँ अफरहरुमार्फत ग्राहकहरुमा गुणस्तरिय सेवासुविधा प्रदान गर्दै आएको डिस होमको लोकप्रियता नेपाली माझ दिनप्रतिदिन बढ्दै गइरहेको छ । सन् २००९ मा स्थापित डिस होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिस होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको डिस होम हाल सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने प्रक्रियामा पनि रहेको छ ।

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्