केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अनावश्यक मनको डरले सताउन सक्छ । प्रतिस्पिर्धिहरुबाट पछि पर्न सकिएला । सोचेको काममा बाधा देखिनाले कडा मेहनेत गर्नु पर्ने देखिन्छ  । सन्तानबाट खुसीको खबर सुन्न पाइएला । आम्दानिमा वृद्धि हुने योग छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना मित्रजनहरुसँग भेटघाट हुनेछ । दिन हर्षमय रहनेछ । अध्ययनमा मन जानेछ भने शिर्जनात्मक कामबाट प्रतिष्ठा दिलाउन सकिनेछ । टाढाको यात्रा गर्ने अवसर पाइएला । नयाँ कामको थालनि हुनेछ । प्रियजनको साथ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा प्रगति हुनेछ । आम्दानिका साथै प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक काममा समय दिने अवसर पाइएला । खर्चमा वृद्धि भए पनि परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । प्रेम सम्बन्धमा सुधार हुनुको साथै प्रगाढ बन्दै जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नियमित काममा बाधा देखिए पनि मेहनेतले लक्ष्यमा पुग्न सकिनेछ । मिष्ठान्न भोजनको योग छ । सन्तानको प्रगतिमा सामेल हुन पाइनेछ । प्रेम प्रस्तावको सकारात्मक परिणाम प्राप्त हुँदा मनमा हर्षबढाइँ हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ सम्बन्ध कायम हुनुको साथै प्रेम सम्बन्धमा रहनुहुनेहरुको सम्बन्ध प्रगाढ बन्दै जानेछ । प्रेमीका लगायत महिला मित्रहरुबाट सहयोग पाइने छ । परिवारको साथले सोचेको काम पुरा हुनेछ । वैदेशिक यात्राको निम्ति राम्रो अवसर छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यवसाहिक यात्राको अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजनको योग छ । अध्ययनमा खास्सै समय दिन नसकिएला । प्रतिष्ठित व्यक्तिहरुद्धारा सम्मान पाइनेछ । नयाँ सम्बन्ध कायम हुनेछ । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
जीवनले नयाँ मोड लिन सक्छ । नयाँ साथी र नयाँ सम्बन्ध बन्ने योग छ । खर्चमा वृद्धि होला । अध्ययनमा समय दिन नसके पनि नतिजा भने सकारात्मक नै रहनेछ । शुभचिन्तकहरुको साथ र सहयोगले सोचेको काम बन्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्यमा समस्या देखिएला, खानपानमा ध्यान दिनुहोला । परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । प्रेम सम्बन्धमा केहि असमझदारी देखिए पनि खास्सै नकारात्मक प्रभाव भने पर्ने छैन । बढि बोल्ने बानिले समस्या निम्त्याउला, बोलि वचनमा ध्यान दिनुहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। पारिवारिक समस्याले मनमा खिन्नता उत्पन्न भए पनि साँझ सम्ममा परिस्थिति अनुकुल रहनेछ । सामाजिक काममा दिन वित्ला । आफ्नो महत्वपूर्ण समय अरुलाई दिनु पर्ने हुन सक्छ । प्रेम सम्बन्धमा सुधार देखिनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
पुराना साथीभाईसँग भेट हुनेछ भने मनमा हर्ष बढ्नेछ । रमाइलो यात्राको अवसर प्राप्त होला । अध्ययनको क्षेत्रमा केहि सुधार हुन्दै जाने देखिन्छ भने प्रतिष्ठित व्यक्तिहरुबाट प्रशंसा हुनेछ । खर्चमा वृद्धि भए पनि आवश्यकताहरु पुरा हुनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
हिम्मत गर्नाले कठिन कामहरु पनि बन्नेछन् । शुभचिन्तक तथा साथीभाईहरुको साथ पाइनेछ । मन पराएको मानिसबाट प्रेम प्रस्ताव आउन सक्ने सम्भावना प्रवल देखिएको छ भने आफुले राखेको प्रस्ताव स्वीकार हुन सक्छ । दाजुभाईविचको सम्बन्ध मजबुत बन्दै जानेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राप्त अवसरहरु गुम्नाले मनमा खिन्नता उत्पन्न हुन सक्छ । धैर्यताले विजयी बन्न सकिएला । विश्वास गरेको मानिसबाट धोका हुन सक्छ । धार्मिक काममा मन जानेछ । मित्रता र प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ । अध्ययनको क्षेत्रमा सकारात्मकता देखिएको छ ।

प्रकाशित : 14 December, 2018

प्रतिक्रिया दिनुहोस्