केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक दशक लगाएर तयार पारिएको सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

सहयात्रा टिभी

इलाम । पुष–१, सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पारेको बान्तवा राई शब्दसङ्ग्रह’ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् ।

विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उनी हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका छिन भने इन्डिजिनियस टेलिभिजनमा बान्तवा भाषाको भलाकुसारी कार्यक्रम पनि चलाउँछिन । बोलीचालीका क्रममा प्रयोग गरिने शब्द लोप हुने क्रममा रहेकाले शब्दकोषमार्फत पुनर्ताजगीका लागि पुस्तक लेखिएको उनको भनाइ छ ।

इलामकै रेडियो नेपाली वाणी एफएमबाट भाषागत कार्यक्रम चलाएर पत्रकारितामा पाइला राखेकी राराहाङले केही समयपछि भाषागत अर्को पुस्तकसमेत लेख्ने बताएकी छन् । “मातृभाषालाई व्यवहारिक भाषाका रूपमा झल्काउनका लागि शब्दकोष लोखिएको हो”, उनले भनिन, “हाम्रो भाषा बोलीचालीका रूपमा मात्र प्रयोग भएकाले यसलाई टेवा पु¥याउन शब्दकोष लेखिएको हो । रासस

प्रकाशित : 16 December, 2018

प्रतिक्रिया दिनुहोस्