जम्मा साढे चार किलोको दुनियाँ कै सबैभन्दा सानो गाई
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । पुष–१, अमेरिकाको मिसिसिपीमा जम्मा साढे चार किलो मात्र तौल भएको दुनियाँकै सबैभन्दा सानो गाई रहेको छ । झट्ट हेर्दा उक्त गाई बिरालो जस्तै देखिन्छ र विरालो जत्रोमात्र छ ।
गाईको सानो आकार तथा कम वजनका कारण उसका मालिक लिल बिल पनि अचम्ममा परेका छन् । गाईको जाँच गराउनका लागि उनले मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे । जब उनले गाईलाई उपचारका लागि पशु अस्पताल लगे तब डाक्टर पनि हैरान भए । गाईको चेकजाँच भयो ।तर अस्वभाविक वजन भएको उक्त गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो ।
मेडिकल कलेजले त्यहीँ क्रममा खिचेको सो गाईको तस्वीर सोसल मिडियामा शेयर भएसँगै त्यो भाइरल बनेको छ । यो गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम छ । यो गाई विश्वको सबैभन्दा सानो गाईको रुपमा गिनिज बुकमा नाम लेखाउने पक्का रहेको बताइएको छ ।