केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साहित्यकार डंगोलको महाकाव्य ‘विद्रोही साहिँलो’ को विमोचन समारोह सम्पन्न

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१, साहित्यकार प्रशान्त डंगोलको महाकाव्य ‘विद्रोही साहिँलो’ को विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको इडिटोरियम हलमा एक भव्य कार्यक्रमका विच डंगोलको विद्रोही साहिँलो विमोचन गरिएको हो ।

नेपाल राष्ट्रीय संघका अध्यक्ष प्रा.डा जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

लामो सयम देखि साहित्य क्षेत्रमा क्रियाशिल डंगोलले करिब ३ वर्षको समय खर्चिएर दाङ देविघाट,गोरखनाथ, शिद्ध रतननाथ, स्वर्गद्वारीदेखि वनारससम्म गइ खोज अनुसन्धान गरेर उक्त महाकाव्य तयार गरेका हुन् ।

मंगलाचरण,संसदिय शैली,न्यायलय शैली, हाइकु,ढकिया,डोको,मुक्तक,गजल, कविता समाचार, मनोवाद,बादबिबाद, मितिङलगायतको शैली प्रयोग भएको उक्त महाकाव्यमा पश्चिमी शैली अनुसार आकार भन्दा पनि लेखनको शैलीलाई महत्व दिइएको बताइएको छ ।

महाकाव्यको विमोचन कार्यक्रममा बोल्दै डंगोलले भने, ‘विद्रोही साहिँलो पस्चिमा महाकाव्य शिदान्त अनुसार लेखेको एक अनुसन्धान मुलक नवयुगिन क्रान्तिकारी माहाकाव्य हो।’

डंगोलका अनुसार विश्वमा विद्यमान जडशुत्रवाद आधुनिक र उत्तर आधुनिकअतिवाद ,भ्रष्टाचार ,आफन्तवाद, भोलिवाद, उत्पिडन समुदायको आवज बुलन्द पार्न संस्कृतिक बिबिधता ,भौगोलिक बिबिधता पर्यावरणीय बिबिधता जगेर्ना गर्न सांस्कृतिक पहिचा र पुनरजागर गराउनका लागि मानवता बिरोधी तत्व र ती तत्व विरुद्धको चित्रण गराउनका लागी र अस्तित्व संकटमा भएकाहरूको बुलन्द आवज हो विद्रोही साहिँलो महाकाव्य।

डंगोलको विद्रोही साहिँलो सातौँ कृति हो । यस अघि उनेले गुटिका फूलहरु ( हाइकु संग्रह), कल्पना हराएको छ आज (गजल संग्रह), शिवपुरी खटीका (हाइकु संग्रह) जडीबुटी पहिचान र रोगको निदान अर्णव ( कविता संग्रह) लगायतका कृतिहरु प्रकाशन गरिसकेका छन् ।

प्रकाशित : 16 December, 2018

प्रतिक्रिया दिनुहोस्