केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च लागेपनि लामो यात्रा गर्ने अवसर पाइएला । नयाँ साथी बनाउन सकिनेछ । मिष्ठान्न भोजनको योग छ । साथीभाई तथा आफन्तहरुको साथ र सहयोगले मनले सोचेको काम पुरा हुनेछ । केहि परिवर्तनहरु आउन सक्छन् । प्रेम सम्बन्धमा सुधार हुँदै जानेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानि वृद्धि हुने हुँदा आफ्ना आवश्यकताहरु पुरा गर्न सकिनेछ । काममा बाधा देखिनाले केहि समस्या महशुस भएता पनि शुभचिन्तकहरुको साथ र सहयोगले काम पुरा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ । अध्ययनमा खास्सै सयम दिन नसकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको लागी प्रस्ताव आउनेछ । जिम्मेवारी बढ्न सक्छ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । विगतमा गरेको प्रेम प्रस्तावको सकारात्मक परिणाम आउन सक्छ । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ । रमाइलो यात्राका विचमा नयाँ साथी समेत बन्नेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी बढ्नुको साथै अरुको काममा समय खर्च हुनेछ । धार्मिक काममा मन जानेछ । अध्ययनमा समय दिन नसके पनि नतिजा सकारात्मक नै देखिनेछ । मन पराएको मानिससँग नजिक हुने सम्भावना प्रवल देखिएको छ । सोचेको काम सजिलै पुरा हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
केहि चुनौतिहरुको सामना गर्नु पर्ने हुन सक्छ । काममा बाधा देखिन सक्छन् । हिम्मले लक्ष्यमा भने पुग्न सकिनेछ । प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ । पारिवारिक असमझदारीले मनमा खिन्नता उत्पन्न भए पनि साँझसम्ममा समय अनुकुल बन्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
केहि मेहनेत गर्नाले चिताएको काम बन्नेत । खर्चमा वृद्धि भए पनि आवश्यकता पुरा हुनेछन् । परिवारमा समय दिन सकिनेछ । सन्तानको प्रगतिमा खुसी व्यक्त गर्न पाउने अवसर छ । मिष्ठान्न भोजनको योग छ । नयाँ सम्बन्ध गाँसिन सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने कामको थालनि गर्न सकिनेछ । आम्दानिमा वृद्धि हुनेछ । सोचेको काम दोहोर्याएर गर्नु पर्ला । वोलि वचनमा ध्यान दिनुहोला । निणर्य गर्दा निकै सोचविचार पुर्याउनु पर्ने देखिनछ । साइनो गास्ँनेहरुसँग सतर्क रहनुहोला । परिवारको साथ र सहयोगले हार भने खाइने छैन् ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो परिश्रमको फाइदा अरुले उठाउन सक्छन् । मेहनेत र वुद्धिको प्रयोग गरेर लक्ष्यमा पुग्न सकिनेछ । श्रीमान श्रीमतिको सम्बन्धमा देखिएको असमझदारी हट्दै जानेछ । प्रेमी प्रेमीकाबाट साथ र सहयोग पाइनेछ । दाजुभाईको सहयोगले काममा सफल भइएला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आफन्तहरु टाढिनाले एक्लो पनको महशुस हुन सक्छ । काममा मन नजान सक्छ । अध्ययनमा समय दिन नसके पनि नतिजा भने सकारात्मक नै देखिएको छ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ । अचानक खुसीको खबर सुन्न पाइने हुन्दा मनमा हर्ष बढ्न सक्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
कामका कारणले प्रतिष्ठामा वृद्धि हुनुको साथै आम्दानि समेत बढ्नेछ । सोचेको काम पुरा हुनेछ । जीम्मेवारी बढ्नेछ । शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । नजिकैको साथी टाढिनाले केहि खिन्नता बोध हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
बादविवादमा अघि सर्नाले झमेला हुन सक्छ, वोलिवचनमा ध्यान दिनुहोला । चोटपटकबाट बच्नुहोला । प्रेमसम्बन्धमा असमझदारी देखिए पनि धैर्यताले सम्बन्धमा फाटो ल्याउने छैन् । सोचेको काम पुरा हुनेछ । दिगो फाइदा हुने कामको थालनि हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
व्यक्त्तित्व आकर्षक बन्नेछ । शिर्जनशिल कामले मानप्रतिष्ठामा वृद्धि हुनुको साथै आम्दानि समेत बढ्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ, ख्याल गर्नुहोला । लामो यात्राको अवसर जुट्नेछ । टाढिएका साथीसँगको भेटले मनमा हर्ष जाग्नेछ । धर्मकर्ममा मन जानेछ ।

प्रकाशित : 17 December, 2018

प्रतिक्रिया दिनुहोस्