केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तसँगको भेटघाटले मनमा आनन्द मिल्नेछ । नयाँ कामको थालनि हुनुको साथै नयाँ सम्बन्ध गाँसिने सम्भावना प्रवल देखिएको छ । सोचेको काममा केहि बाधा देखिए पनि मेहनेत र वुद्धिले काममा सफल भइनेछ । शुभचिन्तकहरुको साथ पाइनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
खर्चमा वृद्धि हुने सम्भावना छ । चिताएको कामको लागी कर्जा लिनुपर्ने अवस्था आइलाग्न सक्छ । सन्तानबाट खुसीको खबर सुन्न पाइएला । रमाइलो यात्रा गर्ने अवसर पाइनुका साथै मिष्ठान्न भोजनको योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
फाटो देखिएको प्रेम सम्बन्धमा सुधार हुनुको साथै नयाँ सम्बन्ध बन्न सक्छ । धैर्य धारण गर्न नसके बनेको काम पनि बिग्रन सक्छ । अध्ययनमा मन जानेछ । प्रतिष्ठित कामले समाजमा नाम र दाम दुवै कमाउन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। सहयात्रीबाट साथ र सहयोग पाइनेछ । अचानक खुसीको खबरले मनमा हर्ष जगाउनेछ । आत्मीय मित्र टाढिनाले मनमा केहि खिन्नता उत्पन्न भए पनि सोचेको काम पुरा हुनेछ । प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अवसरहरु प्रसस्त पाइने हुँदा मनमा हर्ष जाग्नेछ । सुखदुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । विश्वास गरेकाहरुले धोका दिने प्रयास गरे पनि सफल भने नहोलान । वोलिवचनमा ख्याल राख्नुहोला । अध्ययनमा खास्सै समय दिन नसकिएला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । खर्चमा वृद्धि भएपनि पारिवारिक आवश्यकता पुरा गर्न सकिनेछ । सोचेको काम पुरा हुनेछ । अध्ययनमा सकारात्मक नतिजा हात लाग्न्ेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरल जीवनशैलीले अरुलाई प्रभावित बनाउन सकिनेछ । स्वास्थ्यमा सुधार देखिनेछ । श्रीमान श्रीमतिविचको सम्बन्धमा केहि असमझदारी देखिन सक्छ, वोलिवचनमा ध्यान दिनुहोला । शिर्जनात्कम काममा मन जानेछ । सामाजिक काममा समय व्यतित होला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यात्राको प्रकृयामा समय र आर्थिक खर्चमा वृद्धि हुनेछ । नयाँ कामको थालनि हुने सम्भावना छ । जीम्मेवारी बढ्नेछ । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ । आफन्तहरुबाट नै घात हुन सक्छ, सतर्क रहुनहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति अनुकुल रहनुको साथै सोचेको काम पुरा हुनेछ । अध्ययनमा मन जानेछ । नसोचेको ठाउँबाट प्रगतिको खबर पाइएला । वैदेशि क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ । मिष्ठान्न भोजनको योग छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मेहनेतले आफन्तजनबाट फाइदा उठाउन सकिनेछ । अध्ययनमा राम्रो नतिजा हात लाग्नेछ । सोचेको काममा बाधा देखिए पनि काम पुरा गर्न सफल भइनेछ । सामाजिक काममा समय व्यतित गर्नुपर्ला । प्रेमीप्रेमीका विचको सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
प्रकृया नमिल्नाले काम दोहोर्याउनु पर्ला । आफन्त र साथीभाईहरुको साथ भरपुर पाइनेछ । धार्मिक काममा मन जानेछ । परिवारको साथमा रमाइलो गर्न पाउने अवसर जुट्नेछ । अध्ययनमा समय दिन नसकिएला । दाम्पत्य जीवन मजबुत बन्दै जानेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रहरुको साथ र सहयोगले मनमा हर्ष जाग्नेछ । प्रेम सम्बन्धमा केहि असमझदारी देखिने हुँदा मनमा केहि खिन्नता उत्पन्न भएपनि विस्तारै समस्या समाधान हुँदै जानेछ । आमाको साथले काममा सफल भइनेछ । अरुको काममा समय दिनुपर्ला ।

प्रकाशित : 18 December, 2018

प्रतिक्रिया दिनुहोस्