आज शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाण्डौं । पुष–२, सेयर लगानीकर्ता दबाब समूहले आमरण अनशन सुरु गरेको दिन सोमबार सेयर बजार १५ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजार १५.१७ अङ्क बढ्दै ११८२.४९ अङ्क कायम भएको छ । नेप्से सोमबार ११६७.३९ अङ्कबाट सुरु भएको थियो । दिनभर लगातार बढेको नेप्से अन्तिम समयमा तीव्र गतिले बढ्दै १५ अङ्कको वृद्धि छोयो ।
११ समूहकै कारोबार भएको दिन आज सोमबार नेप्सेमा व्यापार समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ । व्यापार समूह ३.०४ अङ्कले घटेको छ भने निर्जीवन बिमा २२०.५१, जीवन बिमा १९५.९६, लघुवित्त ४०.२१, उत्पादनमूलक २३।२१ तथा बैङ्किङ समूह ९.१५ अङ्कले बढेका छन् ।
सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको ४ करोड ८३ लाख रुपैयाँको कारोबार हुँदा नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर ९।४२ प्रतिशतले बढेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ ।
नेप्सेमा आज १ सय ५९ कम्पनीका ३ हजार ६ सय ७० कारोबारबाट १२ लाख ६० कित्ता सेयर खरिदबिक्री भई ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर कारोबार नगर्न आह्वान भएको दिन आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि उत्साहजनक वृद्धि भएको छ ।