केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अपराध संहिता कार्यान्वयनका लागि सरकारी वकिलको राष्ट्रिय भेला

सहयात्रा टिभी

बनियानी। पुष–३, भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ ।

नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिए । पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा ल्याइएको उक्त संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला आयोजना हुन हुनलागेको हो । उहाँका अनुसार भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

“भेलाबाट सरकारी वकिलको क्षमता अभिवृद्धि हुने विश्वास छ,” न्यायाधिवक्ता पन्तले भने, “यसले वस्तुनिष्ठ न्याय सम्पादन गर्न सहज बनाउने छ ।” भेलामा देशभरका चारसय सरकारी वकिलका साथै ८० सरोकार निकायका पर्यपेक्षक सहभागी हुनेछन् ।रासस

प्रकाशित : 18 December, 2018

प्रतिक्रिया दिनुहोस्