थाइल्यान्डमा हुन्छ, मिस कन्डोम सौन्दर्य प्रतियोगिता
सहयात्रा टिभी
एजेन्सी । पुष–३, एसियाली देश थाइल्यान्डमा एक अनौठो प्रतियोगीता हुने गरेको छ । थाइल्याण्डमा मिस कन्डोम नामको सौन्दर्य प्रतियोगिता हुने गरेको छ । बिभिन्न खाले विवादका बीच हरेक वर्ष हुने उक्त प्रतियोगितामा चार देशका २० सुन्दरीले भाग लिने गर्दछन ।
प्रतियोगितामा सहभागी सुन्दरीहरुलाई बिभिन्न स्थानको भ्रमण गराउदै सुरक्षित यौन सम्पर्कको बारे जनचेतना जगाउने काम गरिन्छ । प्रतियोगितामा कन्डोमलाई बेलुन जस्तै गरि फुलाउने प्रतिस्पर्धा समेत गरिन्छ । साथै प्रतियोगीले निःशुल्क कन्डोम बढ्ने काम समेत गर्दछन्।
थाईल्याण्डमा बढ्दो असुरक्षित यौन सम्पर्कलाई रोक्न उक्त प्रतियोगिता गर्ने गरिन्छ ।