केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

सहयात्रा टिभी

पाल्पा । पुष–४, पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् ।

रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,” उनले भने ।

रामपुर नगरपालिकाको समन्वय र वडा नं ६ को व्यवस्थापनमा चण्डेश्वरी आयुर्वेदिक प्रालि, काठमाण्डौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा आयुर्वेद विभागका पूर्वमहानिर्देशक शेषराज आचार्यसहितको टोलीले आयुर्वेदिक पद्धतिको अध्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्