युकेमा कार्यरत तेह्रथुमेद्धारा म्याङलुङ क्याम्पस भवन निर्माण

सहयात्रा टिभी

तेह्रथुम । पुष–५, तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गरे ।
कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो ।

प्रकाशित : 20 December, 2018

प्रतिक्रिया दिनुहोस्