भारतको पत्रिकामा क्रिसमस र नयाँ वर्ष मनाउने ठाउँको सुचीमा नेपालको नाम

सहयात्रा टिभी

काठमाण्डौं । पुष–५, भारतको चर्चित दैनिक पत्रिका ‘दैनिक भास्कर’को अनलाईन संस्करणले क्रिसमस र नयाँ वर्ष मनाउने ठाउँको सुचीमा नेपालको नाम पनि राखेको छ ।

पत्रिकाको एउटा समाचारमा क्रिसमस र नयाँ वर्ष मनाउन जानको लागि बिभिन्न ८ देशको नाम राख्दा नेपालको नाम पनि परेको हो । समाचारमा भारतीय रुपैयाँभन्दा सस्तो पैसा भएका देशहरुमा घुम्नको लागि सुझाइएको छ ।

नेपालमा पछिल्लो समय इसाई धर्मालम्वीहरुको महान चाड क्रिसमस डे र नयाँ वर्षलाई धुमधामका साथ मनाउने गरिन्छ । विशेषत राजधानीका ठमेल, पोखरा, दरबारमार्ग लगायतका क्षेत्रहरुमा यी पर्वहरु विशेष महत्वका साथ मनाउने गरिन्छ ।

प्रकाशित : 20 December, 2018

प्रतिक्रिया दिनुहोस्