आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
जिम्मेवारी बढेपनि उपलब्धिको लागी समय लाग्नेछ । अध्ययनमा मन जानेछ । नजिकको साथी टाढिनाले मनमा खिन्नता उत्पन्न हुन सक्छ । आम्दानिमा वृद्धि हुनेछ । दाम्पत्य जीवन मजबुत बन्दै जानेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय केहि प्रतिकुल रहन सक्छ । प्रकृया नमिल्नाले काम दोहो¥याएर गर्नुपर्ला । खर्चमा वृद्धि भए पनि परिवार र आफ्नो आवश्यकता पुरा गर्न सकिनेछ । शिर्जनात्मक काममा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्दै जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
पहिलेका उपलब्धिले मनमा उत्साह जगाउनेछ । नयाँ साथि बनाउन सकिनेछ । आम्दानिमा वृद्धि होला । साचेको काम पुरा हुनुको साथै प्रेम प्रस्तावमा सकारात्मक नतिजा देखिनेछ । सन्तानबाट सुख पाइनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामका अवसरहरु प्रसस्त प्राप्त हुनेछन् । स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपान र चिसोमा ध्यान दिनुहोला । रमाइलो यात्रामा समावेश भइनेछ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुनेछ । आम्दानिका साथै नाम र प्रतिष्ठामा समेत वृद्धि हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय केहि प्रतिकुल रहन सक्छ । अनावश्यक खर्चमा वृद्धि हुनेछ । काममा आर्थिक समस्या देखिन सक्छ । साथीभाई तथा परिवारले भने साथ दिने हुँदा काम सफल बनाउन सकिनेछ । मित्रता र प्रेम सम्बन्ध मजबुत बन्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आँटेको काम बन्नाले मनग्गे फाइदा हुनेछ । व्यवसायिक क्षेत्रका तर्फबाट यात्रा गर्नु पर्ने अवस्था आउनेछ । धार्मिक काममा मन जानेछ । अध्ययनमा राम्रो नतिजा हात पार्न सकिनेछ । मन परेको व्यक्तिसँग नजिक हुने मौका मिल्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशिष्ट व्यक्तिसँग भेट हुने अवसर प्राप्त हुनेछ । आम्दानिमा वृद्धि हुनेछ । कामको जिम्मेवारी बढ्नेछ । पुराना साथीभाइसँगको भेटघाटले मनमा हर्ष जाग्नेछ । प्रिय व्यक्तिको साथ र सहयोग पाइनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुखदुखमा साथ दिनेहरु प्रसस्त फेला पर्नेछन् । कामको जिम्मेवारी बढ्नुको साथै नयाँ काम थपिनेछ । धार्मिक यात्रामा समावेश भइएला । अचानक खुसीको खवर सुन्न पाउँदा मन हर्षित बन्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति केहि प्रतिकुल बन्दिन सक्छ । स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसके पनि नतिजा भने सकारात्मक नै देखिनेछ । प्रेम सम्बन्धमा देखिएको फाटो पुरिँदै जानेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर परिवारजनको अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीहरूले केही दुस्ख दिन सक्छन्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। परिवारबाट पुरा साथ पाइनेछ । महिला मित्रबाट सहयोग पाइएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। माया गरेका मानिसबाट उपहार पाइनेछ ।

प्रकाशित : 25 December, 2018

प्रतिक्रिया दिनुहोस्